इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा १ लाख पुरस्कार

  २०७९ जेठ ५ गते १७:२०     विकासन्युज

काठमाडौं । इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा एक लाख रुपैयाँसम्म पुरस्कार जित्न सकिने भएको छ । भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ योजना सार्वजनिक गरेसँगै पुरस्कार पाउन सकिने भएको हो ।

कम्पनीले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले सो योजना सार्बजनिक गरिएको जनाएको छ । उक्त योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ ।

सो योजना अन्तरगत इसेवाबाट जुनसुकै बीमा कम्पनीको बीमाशुल्क भुक्तानी गर्नेमध्येबाट १ जनाले एक लाख रुपैयाँसम्म जित्न सक्नेछन् । यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार नगदउपहार प्राप्त गर्नेछन् । यसैगरि योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरुमध्येबाट हरेक दिन एक जनाले गोला प्रथामार्फत एक हजार रुपैयाँ प्राप्तगर्नेछन् ।

इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नकालागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमाकरिब १० लाखगरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवाप्रदानगरिरहेको छ । कम्पनीले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजताल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइ जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामाहाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.