गरिवीलाई शुन्यमा झार्ने हो भने रोजगारी र स्वरोजगारीमा जोड दिनुपर्छ – नेता पोख्रेल

  २०७९ जेठ ५ गते १६:३४     विकासन्युज

काठमाडौं । गरिवीलाई शुन्यमा झार्ने हो भने रोजगारी र स्वरोजगारीमा जोड दिनुपर्ने माओवादी नेता तथा सांसद गिरिराजमणी पोख्रेलले बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले तथ्यांक हेर्ने हो भने अहिले १५ देखि २९ वर्षका १९.२ प्रतिशत युवाहरु वेरोजगारी बेरोजगार रहेको उनले बताए ।

पुर्वमन्त्री समेत रहेका पोखरेलका अनुसार अहिलेको चुनावमा तिनै युवाले मतदान गरेका छन् । तिन तहको सरकारले मात्रै होइन गैरसरकारी क्षेत्रलाई पनि परिचालन गरेर उनिहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी सहित सुखमय वातावरणको बाटो देखाउनुपर्दछ ।

पाखरेलले सरकारको फोकस कृषि, वन, विद्युत, यातायात, पर्यटन र आइटिको क्षेत्रमा हुनुपर्ने बताए । तथ्यांकअनुसार नेपालमा ४ लाख ५० हजार फर्म रहेका छन् र यी फर्महरुलाई युवाहरूसँग जोडेर अगाडि बढ्न सकिन्छ ।

त्यस्तै पुर्व शिक्षामन्त्री समेत रहेका पोखरलले शिक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगले नेपालको २५ वर्षको जनशक्ति प्रक्षेपणको एउटा अध्ययन प्रतिवेदन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको र त्यो सार्वजनिक नभएको बताए । यदि अघिल्लो सरकारले गरेको हो भनेर पुर्वाग्रह नराख्ने हो भने त्यो नीति बनाउन धेरै काम उनको भनाई थियो ।

नेपालीले ल्याटिन अमेरिकाबाट मकै किनेर खाइरहेको भन्दै उनले भने, ‘२४ प्रतिशत मात्रै किन भयो भन्ने कुराको समिक्षा गर्न जरुरी छ । भूमिहिन किसानलाई भूमि उपलब्ध गराउने अभियानमा हामी लागिरहेका छौं । शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेटको आवश्यकता छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.