मुलकोटको अक्क्षित रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

  २०७९ जेठ ५ गते १२:४७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मुलकोटमा रहेको अक्क्षित रिसोर्ट एण्ड ¥याफिटिङ्गबीच बैंकका ग्राहकहरुलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टका प्रोपाइटर रश्मी वस्नेतबिच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले डिजिटल माध्यम (मोवाइल बैंकिङ्ग, एटिएम कार्ड, क्रेडिट कार्ड, कनेक्ट आइपिएस)बाट रकम भुक्तानी गर्दा रिसोर्टले पेय पदार्थमा १० प्रतिशत, खानामा १५ प्रतिशत र कोठामा २० प्रतिशत छुट प्रदान गर्नेछ ।

देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

One comment on "मुलकोटको अक्क्षित रिसोर्टमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.