दुई जीवन बीमा कम्पनीको बोनस सेयर सूचीकृत

  २०७९ जेठ ५ गते १०:५३     विकासन्युज

काठमाडौं । बजारमा दुई जीवन बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको ८६ लाख ४२ हजार ६८९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये नेशनल लाइफको १९ प्रतिशत बोनस सेयर नेप्सेमा थपिएको छ । जुन ६४ लाख ४२ हजार ६८९ कित्ता बोनस सेयर हो । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सको १० प्रतिशत अर्थात २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै सम्बन्धित कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.