बीमाशुल्कमा निर्जीवन बीमा कम्पनी : चारबाहेक सबै इन्स्योरेन्स अर्ब क्लबमा

  २०७९ जेठ ५ गते १०:३०     विकासन्युज

काठमाडौं । सञ्चालित निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा करिब पौने २८ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । कम्पनीहरुले २१ लाख ७५ हजार ४१४ वटा बीमालेख जारी गरी २८ अर्ब ७० करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।

बीमा समितिको तथ्यांकअनुसार सञ्चालित २० वटा कम्पनीहरुले गत असारदेखि चैत मसान्तसम्ममा सो बराबरको प्रिमियम संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले संकलन गरेको छ । इन्स्योरेन्सले १ लाख ८० हजार ७९९ वटा बीमालेख जारी गरि ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको बीमालेख संकलन गरेको छ ।

त्यस्तै, बढी बीमाशुल्क संकलन गर्नेको दोश्रोमा सगरमाथा इन्स्योरेन्स र तेश्रोमा नेको इन्स्योरेन्स नै रहेका छन् । जसमध्ये सगरमाथाले २ अर्ब ४२ करोड र नेकोले २ अर्ब २३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यी दुई कम्पनीले ९ महिनामा क्रमशः १ लाख ९९ हजार ४४० र २ लाख १२ हजार ९२८ वटा बीमालेख जारी गरेका छन् ।

त्यस्तै, अधिकांश कम्पनीले एक अर्बभन्दा प्रिमियम उठाउन सफल भएका छन् । जसमध्ये सिद्धार्थले १ अर्ब ९४ करोड, एनएलजीले १ अर्ब ७७ करोड, प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले १ अर्ब १६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड, आईएमई जनरलले १ अर्ब २७ करोड, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब २२ करोड र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब १० करोड, लुम्बिनी जनरल इन्स्योरेन्स १ अर्ब १७ करोड, दि ओरियन्टल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले १र१ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

त्यस्तै, बाँकी चार वटा कम्पनीले एक अर्बभन्दा कम बीमाशुल्क आर्जन गरेका छन् । जसमा एभरेष्ट, जनरल, सानिमा जनरल र नेशनल इन्स्योरेन्स रहेका छन् । यीमध्ये एभरेष्ट इन्स्योरेन्सले ९२ करोड ७४ लाख, जनरल इन्स्योरेन्सले ७२ करोड २४ लाख, सानिमा जनरल इन्स्योरेन्सले ७२ करोड ६ लाख र नेशनल इन्स्योरेन्स कम्पनीले ६७ करोड ८८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्र्न सफल भएका छन् । २० कम्पनीमध्ये सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी छ । जसले समीक्षा अवधिमा ६८ लाख ६४७ लाख वटा बीमालेख जारी गरेको छ ।

साथै, सबैभन्दा बढी बीमालेख जारी गर्नेमा नेको इन्स्योरेन्स अगाडि छ । बढी बीमालेख जारी गर्नेको तेश्रो स्थानमा रहेको नेकोले ९ महिनामा २ लाख १२ हजार ९२८ वटा बीमालेख जारी गरेको छ । त्यस्तै, सबैभन्दा कम बीमालेख जारी गर्नेमा राष्ट्रिय बीमा कम्पनी छ । जसले ४१ लाख ६७३ वटा बीमालेख जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.