भरतपुरमा दाहालले मतान्तर फराकिलो बनाउँदै

  २०७९ जेठ ४ गते १९:२२     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा जारी मतगणनामा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छन् । भरतपुर महानगरपालिका–७ र ८ को मत गणनाका क्रममा दाहालले दुई हजार मतले अग्रता लिएका छन् ।

दाहालले ११ हजार ९० मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले नौ हजार ९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ९५८ मत प्राप्त गरे । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ र राप्रपाका हिमला गुरुङले सात हजार ३७१ मत प्राप्त गरिन् ।

गणना भइरहेका वडाहरूमा वडाध्यक्षमा समेत गठबन्धनका उम्मेदवारहरू अग्रस्थानमा छन् । वडा नं ७ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रमणि काफ्ले ९७४ र नेकपा एमालेका सनतकुमार लामिछानेले ८६२ मत प्राप्त गरे । यस्तै वडा नं ८ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीवनाथ कँडेलले १९४ मत र नेकपा एमालेका तिलकबहादुर दर्लामी मगरले १५७ मत प्राप्त गरे

यसअघि महानगरको वडा नं १, २, ४, ५ र ६ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.