प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउछ : मन्त्री यादव

  २०७९ जेठ ४ गते १८:२०     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपछी विकासमन्त्री महेन्द्र राय यादवले सुचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने बताएका छन् ।

बुधबार संघीय राजधानी काठमाडौंमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको १२औं दिक्षातं समारोहमा बोल्दै यस्तो बताएका हुन् । मन्त्री यादवले दिक्षित विद्यार्थीहरूलाई नेपाल मै बसेर कृषि क्षेत्रमा परिवर्तन गरी निर्यातमुखी मुलुकमा परिणत गर्न आव्हान गरेका हुन् ।

उनले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको लागि लर्ड बुद्धको एपीयुसँगको सहकार्यले फलदायी हुने आशावादी रहेको बताए ।

मुलुक कै पहिलो आईटी कलेजको रुपमा स्थापित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि र व्यापार व्यवस्थापनमा पठन पाठन गर्दै आइरहेको कलेजका अध्यक्ष पंकज जालानले बताए ।

१५० जना विद्यार्थी दिक्षित भएको यस कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले स्वागत मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.