नेप्से परिसूचक बढ्दा कारोबार रकम घट्यो

  २०७९ जेठ ४ गते १५:३३     विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक बढेको छ । सेयर मूल्य मापक परिसूचक ८.९० अंकले बढेर २२७४.४२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३९ प्रतिशतले बढी हो ।

बजारमा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार १ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ ।

बुधबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन ५ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा राधी विद्युत् कम्पनी छ । कम्पनीको सेयर मूल्य ६.०२ प्रतिशतले बढेर प्रतिकित्ता ६५२ रुपैयाँ पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यससँगै संस्थाको सेयर मूल्य १११.२० रुपैयाँले घटेर प्रतिकित्ता १००१.३० रुपैयाँमा झरेको छ ।

बजारमा जीवन बीमा, उत्पादनमूलक, म्यूचुअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ्ग समूह राताम्मे भएका छन् भने बाँकी समूह हरिया देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.