गैडहवा गाउँपालिकामा सिके राउतको पार्टीका उम्मेदवारको अग्रता

  २०७९ जेठ ४ गते १४:५७     विकासन्युज

काठमाडौं । रुपनदेहीको गैडहवा गाउँपालिकामा जनमत पार्टी (जसपा)का उम्मेदवारहरुको अग्रता कायम नै रहेको छ । सो पार्टीका मेयद पदका उम्मेदवार रामदेव यादव र उपप्रमुखकि उम्मेदवार नर्वदा लोधले अग्रता कायम गरेकी हुन् ।

पछिल्लो मतगणना अनुसार यादवले १२ सय ९ मत ल्याई त्याएका छन् भने लोधले ११ सय ६९ मत ल्याई अग्रता कायम गरेकी छिन् ।

यादवका प्रतिस्पर्धी लोकतान्त्रीक सामाजवादी पार्टी, नेपालका उम्मेदवार जितेन्द्र पासीले १ हजार ५८ मत ल्याएका छन् भने नेपाली कांग्रसका उम्मेदवार बासि उल्लाह मुसलमानले हालसम्म १ हजार ३४ मत ल्याएका छन् ।

यस्तै लोधको प्रतिस्पर्धी कांग्रसकी उम्मेदवार मन्जु न्यौपानेले ९९९ मत प्राप्त गरेकी छन् भने ऐमालेकी उपमेयरकी उम्मेदवार माधुरी जैसाबले ८३५ मत प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.