९०० रुपैयाँले घट्यो सुनको मूल्य

  २०७९ जेठ ४ गते ११:३२     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको सुन ९०० रुपैयाँले घटेर ९५ हजार ८०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार २०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.