सिटिजन्स बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट

  २०७९ जेठ ३ गते १६:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले र्याडिसन होटलमा छुट पाउने भएका छन् । बैंक र होटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले लाजिम्पाट स्थित र्याडिसन होटल साथै सो होटलद्वारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित लाउन्जबाट प्रदान गरिने सेवाहरुमा समेत विशेष छुट पाउनेछन् ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.