एकैदिन ८४ अंकले ओरालो लाग्यो नेप्से परिसूचक

  २०७९ जेठ ३ गते १५:२१     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक ८४.९० अंकले घटेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ३.६१ प्रतिशतले घटेर २२६५.५२ बिन्दुमा झरेको हो ।

करिब एक सातापछि खुलेको बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । पछिल्लो कारोबारमा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ । सो दिन २२१ वटा स्क्रिप्सको ३५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको हो ।

जसमध्ये सबैभन्दा बढी जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन ९ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । जसको सेयर मूल्य घटेर प्रतिकित्ता २२७० रुपैयाँमा झरेको छ । संस्थाले सेयरधनीलाई लाभांश तथा हकप्रदको कुनै प्रस्ताव नगरेकोले संस्थाको सेयर मूल्य घट्न पुगेको हो ।

घटेको बजारमा दुई कम्पनी बाहेक सबैको सेयर मूल्य घटेको छ । मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्था र बोलर्स नेपाल (बालाजु)को सेयर मूल्य बढेको छ । जसमध्ये सामुदायिक लघुवित्तको सेयर मूल्य ४.९६ प्रतिशतले बढेर प्रतिकित्ता १३९६ रुपैयाँ पुगेको छ । जुन ६६ रुपैयाँले बढी हो । त्यस्तै, बोलर्स नेपाल (बालाजु) को सेयर मूल्य २ प्रतिशत अर्थात ३८ रुपैयाँले बढेर प्रतिकित्ता १९४१.९० रुपैयाँ पुगेको छ ।

बजारमा तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यूनाईटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, मंगलबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.