तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का

  २०७९ जेठ ३ गते १२:४०     विकासन्युज

काठमाडौं । मंगबारदेखि तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार जेठ ३ गतेदेखि रोक्का गरिदिएको हो ।

यी तीन कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) मा जाने प्रयोजनको लागि सेयर कारोबार रोक्का भएको हो । जसको लागि यी तीन कम्पनीले गत बैशाख २९ गते समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त मर्जर प्रकृया सकिएपछि मात्रै दोश्रो बजारमा यी तीन कम्पनीको सेयर कारोबार खुल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.