जाल्पा सामुदायिक लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

  २०७९ जेठ ३ गते ११:२६     विकासन्युज

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी जेठ २८ गते वार्षिक साधारण सभा (एजीएम) डाकेको छ । उक्त सभा सो दिन बुटवल रुपन्देहीमा हुन लागेको हो ।

सभामा जाने प्रयोजनको लागि संस्थाले जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यससँगै जेठ ११ गतेसम्म कायम सेयरधनी संस्थाको साधारण सभामा भाग लिन पाउने छन् ।

संस्थाले बोनस, नगद लाभांश र हकप्रद कुनै पनि प्रस्ताव गरेको छैन । जेठ १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.