जोखिम व्यवस्थापनको जिम्मा महिलाले पाएको बैंक उत्कृष्ट, कुनमा कसको नेतृत्व ?

  २०७९ जेठ २ गते १४:४६     सन्तोष रोकाया

काठमाडौं । पछिल्लो समय बैंकहरुमा महिलाको संख्यामा वृद्धि हुँदै गएपछि उनीहरु नेतृत्व तहमा पुग्न थालेका छन् । उच्च व्यवस्थापनसँगै विभिन्न विभागको नेतृत्व गरेर अहिले उनीहरू आफ्नो कार्यकौशलता देखाइरहेकी छन् ।

बैंक तथा वित्तीय संस्थाहरूमा सबैभन्दा महत्वपूर्ण विभागमा रुपमा लिइने जोखिम व्यवस्थापन विभागको जिम्मेवारी अधिकांश बैंकमा महिलाले पाएका छन् । अहिले आधा दर्जन बढी वाणिज्य बैंकहरूको जोखिम व्यवस्थापन विभागको नेतृत्व महिलाले गरिरहेका छन् ।

अहिले ८ वटा वाणिज्य बैंकहरुको जोखिम व्यवस्थापन विभागको नेतृत्व महिलाले गरिरहेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकमा सुजता जोशीले जोखिम व्यवस्थापन विभागको नेतृत्व सम्हालिरहेकी छिन् । उनी बैंक वरियतामा छैठौं नम्बरमा छिन् ।

यस्तै, एभरेष्ट बैंकमा जमुना ताम्राकारले जोखिम व्यवस्थापन विभागको नेतृत्व गरिरहेकी छिन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले जोखिम व्यवस्थापन समिति बनाएर नै काम गरिरहेको छ । सो समितिको संयोजक भरत कुवँर भएपनि कारेन दि अलविस पनि सोही समितिमा छिन् ।

यस्तै, नबिल बैंकमा नमिता दिक्षित पनि बैंकको चिफ रिक्स अफिसरकाे रुपमा कार्यरत छिन् । उनी बैंकको व्यवस्थापनमा वरियतामा पाँचौं नम्बरमा छिन् ।

हिमालयन बैंकमा सिशम प्रधानांगा जोशी पनि बैंकको रिक्स म्यानेजमेन्ट डिपार्टमेन्टमा छिन् । उनी बैंकमा वरियतामा आठौं नम्बरमा छिन् । मेगा बैंकमा प्रज्ञा पाण्डेले चिफ म्यानेजमेन्ट विभागको प्रमुख भएर काम गरिरहेकी छिन् । उनी बैंकमा वरियतामा चौथो नम्बरमा छिन् ।

यस्तै, कृषि विकास बैंकमा निकु आचार्य काम गरिरहेकी छन् । उनी जोखिम व्यवस्थापन विभागको हेडका रुपमा काम गरिरहेकी छिन् । सिद्धार्थ बैंकमा इरा प्रधान छिन् । उनी पनि सो बैंकको जोखिम व्यवस्थापन विभागको प्रमुखका रुपमा कार्यरत छिन् ।

महिलाले नेतृत्व गरेको बैंक उत्कृष्ट

महिलाले नेतृत्व गरेको बैंक नै जोखिम व्यवस्थापनमा अगाडि देखिएका छन् । बैंक वित्तीय संस्थाले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जाका रुपमा गणना गरिन्छ । जब बैंक तथा वित्तीय संस्थाको खराबकर्जा बढ्छ, सो संस्थाको जोखिम पनि बढ्छ ।

जुन बैंकको खराब कर्जा कम हुन्छ सो बैंक तथा वित्तीय संस्थालाई जोखिम पनि कम हुन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।

जुन बैंकको जोखिम व्यवस्थापन विभागको नेतृत्व महिलाले गरेका छन् सो संस्थाको खराबकर्जा पनि कम देखिन्छ । बैंकहरुको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा कम नेपाल इन्भेष्टमेन्ट बैंकको छ । यस बैंकको खराब कर्जा ०.१४ प्रतिशत मात्रै छ । सो बैंकको नेतृत्व महिलाले नै गरेकी छन् ।

यस्तै, खराब कर्जा कम हुने दोस्रो नम्बरमा एभरेष्ट बैंक छ । एभरेष्ट बैंकमा जमुना ताम्राकारले जोखिम व्यवस्थापन विभागको नेतृत्व गरिरहेकी छन् । सो बैंकको खराब कर्जा ०.२६ प्रतिशत मात्रै छ ।

खराब कर्जा कम हुने तेस्रो नम्बरमा स्ट्याण्डर्ड चार्टर्ड बैंक छ । यस बैंकले जोखिम व्यवस्थापन समिति नै बनाएर काम गरिरहेको छ । यस बैंकको पनि खराब कर्जा ०.३६ प्रतिशत छ । सो समितिको संयोजक भरत कुवँर भएपनि कारेन दि अलविस पनि सोही समितिमा छिन् ।

यस्तै, मेगा बैंक पनि जोखिम व्यवस्थापनमा अगाडि नै छ । बैंकको खराब कर्जा ०.७२ प्रतिशत मात्रै छ । यस बैंकमा पनि महिलाले नै जोखिम व्यवस्थापन विभागको नेतृत्व गरिरहेकी छन् । सो बैंकको कार्यवाहक सीईओ नै महिला छिन् ।

यस्तै, हिमालयन बैंकको खराब कर्जा ०.९९ प्रतिशत छ । यस बैंकको जोखिम व्यवस्थापन विभागमा पनि महिला नै छिन् । सिद्धार्थ बैंकको खराब कर्जा पनि १.१२ प्रतिशत छ । यस बैंकमा पनि महिलाले नै जोखिम व्यवस्थापन विभागको नेतृत्व गरिरहेकी छिन् ।

नबिल बैंकमा नमिता दिक्षीत पनि बैंकको चिफ रिक्स अफिसरका रुपमा कार्यरत छिन् । उनी बैंकको व्यवस्थापनमा वरियतामा पाँचौं नम्बरमा छिन् । नबिल बैंकको खराब कर्जा १.४१ प्रतिशत छ । यस्तै, कृषि विकास बैंकको खराब कर्जा २.३२ प्रतिशत छ । सो बैंकको जोखिम व्यवस्थापनमा पनि महिला नै छिन् ।

नेपाल बैंककी नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले व्यवस्थापन गर्न सक्ने क्षमता बढी हुने बताउँछिन् । उनी बैंकहरुले जोखिम व्यवस्थापन विभागमा महिलाहरुलाई राख्नु नै राम्रो भएको बताउँछिन् ।

अधिकांश बैंकको जोखिम व्यवस्थापन विभागको नेतृत्व महिलाले गर्नु राम्रो कुरा हो, यसको संकेत महिलासँग जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता बढी छ भन्ने पनि देखाउँछ, बैंकहरुले यो प्राथमिकता दिएको विभाग पनि हो, महिलाहरुले जोखिम व्यवस्थापन विभागको नेतृत्व गरेको  बैंक राम्रो छ भन्ने मैले पनि सुनेको छु,’ उनले भनिन् ।

सम्बन्धित सामग्री : बैंक हाँक्न तम्तयार १५ ‘लेडी बैंकर्स’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.