बजेटमा सुझाव : राष्ट्रपति र प्रधानमन्त्रीबाहेकले महंगा गाडी किन्न नपाउने

  २०७९ जेठ २ गते १३:३५     विकासन्युज

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीबाहेकलाई महंगा गाडी खरिदमा रोक लगाउन सर्वसाधारणको सुझाव छ । अर्थमन्त्रालयलाई आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको लागि सुझाव दिँदै सर्वसाधारणले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाहेक अरुलाई महंगा तथा बिलासी गाडी किन्न रोक लगाउन माग गरेका हुन् ।

अर्थमन्त्रालयले बजेटको सुझाव संकलनको लागि उपलब्ध गराएको टोल फ्रि नम्बर ११३८ बाट उनीहरुले सो सुझाव दिएका हुन् । घाटी हेरी हाड निल्न आग्रह गर्दै उनीहरुले अन्य नागरिकले साधारण सवारी साधन तथा गाडी किनेर महंगा गाडी किन्न रोक लगाउन सुझाव दिएको अर्थमन्त्रालयले जनाएको छ ।

उक्त सुझाव काठमाडौंको महाराजगंजबाट आएको हो । साथै, उक्त स्थानका सर्वसाधारणले अब आउने नयाँ जन प्रतिनिधिहरुले पनि नयाँ गाडि खरिद नगरी पुरानै सवारी साधन प्रयोग गर्नुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.