धनुषाको धनौजीमा स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन

  २०७९ जेठ २ गते १०:३२     विकासन्युज

काठमाडौं । धनुषाको धनौजीमा स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन गरिएको छ । मतगणनाका क्रममा भएको विवादलाई नियन्त्रण गर्न प्रहरीले २५ राउन्ड हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन गरिएको हो ।

हाल सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको बताइएको छ । मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.