मष्टा गाउँपालिकामा कांग्रेसका बोहरा विजयी

  २०७९ जेठ २ गते ९:५३     विकासन्युज

काठमाडौं । बझाङको मष्टा गाउँपालिका अध्यक्षमा ज्ञानबहादुर बोहरा विजयी भएका छन् ।३ हजार ८३ मत पाएर विजयी भएका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक रोकायाले भने २ हजार ३ सय ३७ मत ल्याएका थिए ।

यस्तै पालिकाको उपाध्यक्षमा हर्कबहादुर धामीले नेकपा एमालेका उम्मेदवार शर्मीला रोकायालाई ४ सय ८७ मतले पछि पार्दै विजयी बने । हर्कराजले २ हजार ८ सय १७ मत प्राप्त गर्दा शर्मीलाले २ हजार ३ सय ३० मत पाएकी छन् ।

७ वडा रहेको यस गाउँपालिकामा गठबन्धनले ६ वटा वडा जितेको छ । एक वडामा नेकपा एमालेले एक वडामा मात्रै जीत हात पारेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.