सूर्यविनायक २ मा कांग्रेसको प्यानल विजयी

  २०७९ जेठ २ गते ९:२२     विकासन्युज

काठमाडौं । सूर्यविनायक नगरपालिका–२ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । अध्यक्ष पदमा प्रदीप कार्की सहित सदस्यमा जनार्दन खड्का, भगत रानाभाट, महिला सदस्यमा कल्पना खतिवडा, दलित महिलामा रञ्जिता तिखात्री छन् ।

सूर्यविनायक नगरपालिका वडा नं १ र २ को अन्तिम मत परिणाम आउँदासम्म नगर प्रमुखमा कांग्रेसका उम्मेदवार निशान ढुङ्गेलले अग्रता लिइरहेका छन् भने उपप्रमुखमा नेकपा ९एमाले०की सरिता भट्टराईले अग्रता लिएकी छिन् । वडा नं ३ को मतगणना जारी रहेको छ ।

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले वडा नं १, २, ३, ४, ५ र ६ मा विजय हासिल गरेको छ । त्यसैगरी चाँगुनारायण नगरपालिकामा एमालेको उम्मेदवारले अग्रता लिएका छन् । चाँगुनारायण –२ मा कांग्रेसका उम्मेदवार सोम प्रधान, सदस्यमा प्रेम खत्री, राधादेवी माकजु, सीता मिजार विजयी भएका छन् । एक सदस्यमा भने एमालेका उमेश प्रधान विजयी भएका छन् ।

चाँगुनारायण–३ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा श्यामसुन्दर धिमाल, सदस्यहरुमा विष्णुप्रसाद न्यौपाने, शिवराम सुलु, महिलामा दलितमा रमा थापा, सुष्मा सुनुवार विजयी भएका छन् । त्यस्तै मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठले अग्रता कायमै राखेका छन् । उप्रमुखमा भने एमालेकी उम्मेदवार उत्तरा नेपालले अग्रता लिइरहेकी छिन् ।

मध्यपुरथिमि ३ मा कांग्रेसले विजयी हासिल गरेको छ । यस वडामा कांग्रेसका अध्यक्ष कृष्णहरि आचार्य, सदस्यमा गणेशमान कुटु, महिला सदस्य विनु केसी, दलित महिला निर्मला परियार र अर्का सदस्यमा एमालेको उम्मेदवार रवीन्द्रनाथ न्यौपाने विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.