७४ वर्षपछि भैरहवामा थपियो नयाँ अन्तर्राष्ट्रिय विमानस्थल, अवतरण गरे दुई जहाज

  २०७९ जेठ २ गते ८:१४     विकासन्युज

काठमाडौं । ७४ वर्षपछि नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय’ सञ्चालनमा आएको छ ।

नेपालमा विसं २००६ मा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक अर्को अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो । सन् १९४८ मा बीच बनाया नामक वायुयानलाई बेलायती नागिरक एच वेडलरलेले काठमाडौंको गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाई यातायातको सुरुवात भएको मानिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको हो ।
सन् २०१७ मै निर्माण सम्पन्न गर्दै २०१८ भित्रै सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण सुरु भएको विमानस्थल ४ वर्ष ढिला गरी सञ्चालनमा आएको हो ।

विमानस्थलको औपचारिक उदघाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानी) को पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् । यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।

निगमको न्यारेवडी जहाजले काठमाडौंबाट उडान गरेको हो भने जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरेर गौतमबुद्ध एयरपोर्टमा अवतरण गरेको हो ।

आज उद्धघाटन गरिएको सो विमानस्थलबाट जेठ २९ गतेदेखि मात्र नियमित उडान गर्ने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

बुद्ध जयन्तीको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याइएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्दैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.