बैंक मर्जरपछि घटुवाको लागि परीक्षा, सानो संस्थाको कर्मचारी सधैं त्रासमा

  २०७९ जेठ १ गते १२:४५     सुशिल घिमिरे “त्रैलोक्य”

आदरणीय गभर्नरज्यू, नमस्कार

हजुर नेपाल राष्ट्र बैंकको प्रमुख व्यक्ति । उच्च ओहोदाको व्यक्ति वा भनौ २७ वटा क वर्गको वाणिज्य बैंक, १७ वटा ख वर्गको विकास बैंक, १७ वटा ग वर्ग ६५ वटा घ वर्ग र एउटा पूर्वाधार विकास बैंकको गरी देशभरि कुल १२७ वटा बैंक तथा वित्तीय संस्थाको अनुगमनकारी निकायको प्रमुख । त्यति मात्र कहाँ होर हजुर देशभरि छरिएका एक हजार ३९८ वटा बैंक तथा वित्तीय शाखाको र तमाम त्यसमा काम गर्ने करिब एक लाख कर्मचारी र त्यसका परिवारको हजूर आर्थिक मुलि । हजूरलाई फेरि पनि नमस्कार ।

आदरणीय गभर्नरज्यू, विगतमा देशका ७५३ वटै स्थानीय निकायमा बैंक पुर्‍याउने र जनतामा वित्तीय परिवर्तन ल्याउने लक्ष्यको साथ बैंकहरू धमाधम शहर केन्द्रित मात्र नगराई गाँउ गाँउमा बैंक, विकास बैंक, माइक्रोफाइनान्स र यसका धेरै शाखाहरू तपाईंकै निर्देशन र नीतिमा खुलेको कुरा पनि अवगत गराउन चाहन्छु । शाखा खुलेपछि कर्मचारी अवश्य चाहिन्छ, कर्मचारी भएपछि उसले भविश्यको नोकरीको सुनिश्चितता, समय अनुसार स्तरोन्नति, मान सम्मान आर्थिक सक्ष्यमता साथै अवकासपछि सम्मको बाँकी सुनिश्चित जीवन सोचेका हुन्छन् । यो मानवीय स्वाभाविक गुण पनि हो ।

तर, आज करिब एक लाख भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रमा नोकरी गरिरहेका र यसमा आश्रित लाखौं परिवारजनले आर्थिक सुनिश्चितता चाहेको बेला बैंक तथा वित्तीय क्षेत्र नेपालमा धेरै भए भन्दै तपाईंले आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीतिमार्फत सबै वाणिज्य बैंकहरूलाई चुक्त्ता पुँजी दुई अर्बबाट वढाएर आठ अर्ब बनाउने साथै विकास बैंकलगायत वित्तीय क्षेत्रहरूले पनि अनिवार्य पुँजी बढाउनुपर्ने नभए मर्जरमा जानुपर्ने नीति नेपाल राष्ट्र बैंकमार्फत ल्याउनु भएको कुरा पनि जानकारी गराउन चाहन्छु ।

लेखक

आजको देशको आर्थिक परिवेशमा संस्था मर्ज हुनु वा विलय हुनु राम्रो हो । संम्बन्धित वित्तीय संस्था आफै पार्टनर खोजेर वा नेपाल राष्ट्र बैंकले सहजकर्ताको भूमिका निभाएर विगतमा देशका धैरै वित्तीय संस्था मर्ज भए र कति प्राप्ति पनि भए । तर दुई वा दुई भन्दा धेरै संस्था एक आपसमा मर्ज वा प्राप्ति हुनु भनेको सेयरको अनुपात गणना मात्र हो त ? संस्थाको नाम परिर्वतन मात्र हो त ? एक आपसमा जुधेका वा दोहोरिएका शाखा घटाउनु मात्र हो त ? नयाँ संचालक समिति गठन हुनु मात्र हो त ? मर्ज वा प्राप्ति पछि ठूलो भनाउदा संस्थाले सानो भनिएको संस्थालाई र त्यस अन्तरगत काम गर्ने कर्मचारीलाई सहज वातावरण मा अवसर प्रदान गर्नु के मर्ज होइन ? मर्ज वा प्राप्ति गर्दा उसले त्यो संस्थाको सम्पत्ति, दायित्य ,जोखिम सबै लिएको हुन्छ । संस्था ठिक छ भनेर एक आपसमा गाभिएपछि त्यही संस्थामा अहोरात्र खटिएर यहाँसम्म पुर्‍याउने ती तमाम कर्मचारीलाई चाहिँ कहिले परीक्षाको नाममा सानो भनाउदो संस्थाका कर्मचारीलाई मात्र परीक्षा दिलाउन लगाएर सानो संस्थका कर्मचारीमाथि भेदभाव किन गभर्नर ज्यू ? नियम त सानो ठूलो सबैलाइ एकै हुनुपर्ने होइन र ? कर्मचारीलाई एक पोस्ट वा दुई पोस्टसम्म घटुवा गर्ने वा निकाल्ने सम्मको पूर्ण अधिकार सञ्चालक समितिलाई कसरी दिनुभयो गभर्नरज्यु ? संस्था मर्ज वा प्राप्ति भएपछि कर्मचारीको नोकरी, सुविधा, कर्मचारी हकहित र सहज रुपमा काम गर्ने वातावरण बनाउँदै न्यूनतम, ह्वीन ह्वीनको मापदण्ड र निर्देशन बनाउन के ले रोक्यो नियमनकारी निकाय नेपाल राष्ट्र बैंकलाई ?

यहाँ कृतिम सेयरको मूल्य बढाउन फलाना बैंक वा संस्थालाई फलानाले मर्ज गर्दै छ भन्दै कहिले हल्ला चल्छ । फेरि कुरो मिलेन अर्को संस्थासँग पो सञ्चालक समितिको कुरा अगाडि आयो भन्दै फेरि हल्ला चल्छ । यहाँ हल्ला धेरै छ गभर्नरज्यू । जे जे बहानामा हल्ला चले पनि प्रत्येक हल्लामा एउटा अनियार्व हल्ला चल्छ र तरङ्गित हुन्छन तमाम वित्तीय क्षेत्रका करिब एक लाख कर्मचारी । अब नोकरी के हुने हो ? हामीलाई राख्छ कि राख्दैन ? अनावश्यक दुःख पो दिन्छ कि ? अब भन्नुहोस गभर्नरज्यू, हजूरको स्पस्ट मर्ज वा प्राप्ति पछिको कर्मचारीको हक हित सम्बन्धमा स्पस्ट नीति निर्देशन नभइदिँदा ति तमाम कर्मचारीले कति मानसिक तनाव झेल्नु पर्ला ? खाईपाई आएको तलब त अवश्य घटदैन् तर नोकरी भनेको तलब मात्र होइन, मान सम्मान पनि त हो । मर्जपछि पद घटुवा भएको उदाहरण नेपालकै वित्तीय क्षेत्रमा भएकोले मान सम्मानमा ठेस पुगेको भन्दै कयौले नोकरी छाडेका छन् गभर्नरज्यू । अनि तपाईंले मर्ज भनेर मात्र बोलिदिँदा र कर्मचारीको नीति नबनाई दिँदा आर्थिक अवस्थाको कारणले सम्मानमा ठेस पुगीपुगी कयौं नोकरी गर्न बाध्य छन् । नोकरी छोडुम आर्थिक समस्या, नछोडम त गरिरहेको पदभन्दा दुइ पोस्ट घटुवामा काम गर्नुपर्ने बाध्यता ।

परीक्षा भनेको त प्रमोसन हुनको लागि पो दिने कुरा हो नि होइन र ? समान पदमा बस्न पनि परीक्षा दिनुपर्ने ? त्यसमा पनि मर्ज वा प्राप्ति भई आएको संस्थाका कर्मचारीले मात्र परीक्षा दिनुपर्ने ? के मर्ज वा प्राप्ति भनेका १५ महिनादेखि २४ महिनाको तलब दिएर कर्मचारीलाई नोकरीबाट निकाल्नु हो ? के मर्ज वा प्रति भनेको सिईओको हुने भन्ने मात्र हो । साना सस्था वा प्राप्ति भइ आएका सस्थाका कर्मचारीलाई नोकरी खाए खा नभए घिच भन्ने हो भने भोलिका दिनमा बैंकमा कोही पनि कर्मचारी असुनिश्चित नरहला भन्न सकिँदैन । पालो सबैको आउन सक्छ । आज ठूलो सस्था हुँ, हाम्रो नोकरी सुनिश्चि त भन्ने हो भने ठूलो सस्था भोलि सानो हुन कत्ति बेर नलाग्ला । खवरदार सम्बन्धित नेपाल राष्ट्र बैकमार्फत स्पस्ट नीति आउनु जरुरी छ । ठूलो संस्थाले सानो संस्थाका कर्मचारीलाई मर्जरको बहानामा नोकरीबाट निकाल्ने हो भने तपाईंले जस्तै सवौच्च अदालतबाट अन्तरिम आदेश ल्याएर पुर्नरबहाली भएजस्तै साना कर्मचारी त्यसरी पुर्नरबहाली हुन कहाँ सक्षम छन र गभर्नरज्यू ?

2 comments on "बैंक मर्जरपछि घटुवाको लागि परीक्षा, सानो संस्थाको कर्मचारी सधैं त्रासमा"

  • Bikram kadayat says:

    एकदम सहिकुरा उठाउनु भएको छ सर हजुरले

  • Mandira bohora says:

    Sahi kura lekhnu vayo. Aba governorle yo bisayema niyam banauna jaruri 6

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.