भोजपुरको पौवादुङमा गाउँपालिकामा एमालेको अग्रता

  २०७९ जेठ १ गते १२:३७     विकासन्युज

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार किरण राईको अग्रता कायम नै रहेको छ ।

पछिल्लो मतगणना अनुसार उनले ११५२ मत ल्याई अग्रता कायम गरेका हुन् । उनले यसअघि पनि गाउँपालिकाकाे अध्यक्ष भइ काम गरिसकेका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार टेक नरसिंह कार्कीले ९७२ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार नगेन्द्रबाहादुर भुजेलले हालसम्म ९७२ मत ल्याएका छन् ।

यस्तै, एमालेकी उपमेयरकी उम्मेदवार ज्योत्सना राईले १०९४ मत ल्याई अग्रता कायम गरेकी छिन् । उपमेयरमा माओवादी उम्मेदवार सम्झना राईले १००७ मत प्राप्त गरेकी छन् । र, नेपाली कांग्रसकी उपमेयरकी उम्मेदवार रामकुमारी राईले ९७५ मत प्राप्त गरेकी छिन् ।

गाउँपालिकाको उमेदवारहरुको मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.