बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धको समूह विजयी

  २०७९ जेठ १ गते १२:२१     विकासन्युज

गलकोट । बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक विजयी भएका छन् । उनले दुई हजार २८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले दुई हजार ९० मत प्राप्त गरे ।

उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले तीन हजार ४०३ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत प्राप्त गरेका थिए ।

यस्तै पालिकाका पाँचवटै वडामा गठबन्धका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा यम बहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जीतबहादुर खत्री र ५ मा मनबहादुर खत्री विजयी भए । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धको प्यानलै विजयी भएका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.