बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी

  २०७९ जेठ १ गते १२:०२     विकासन्युज

काठमाडौं । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी दुई हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले दुई हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गरे ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३ हजार १५० मत ल्याएर विजयी भएका छन् । उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५ सय ८७ मत ल्याइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.