१३ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

  २०७९ जेठ १ गते ११:०१     विकासन्युज

काठमाडौं । आईतबार सन–चाँदीको मूल्य घटेका छ । सुनचाँदी व्यवसायी महासंघले आइतबार सार्वजनिक गरेको नयाँ मूल्य अनुसार गत बिहीबारको तुलनामा आइतबार सुनको मूल्यमा गिरावट आएको हो ।

बिहीबार प्रतितोला छापावाल ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आइतबार चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबारको तुलनामा आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.