काठमाडौं महानगरको मेयरमा बालेन र उपमेयरमा डंगोलको अग्रता

  २०७९ जेठ १ गते १०:०५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ को ५ हजार ४११ मत गणना गर्दा बालेनले एक हजार ९१७ मत ल्याएर अग्रता कायम राखेका हुन । बालेन मतगणनाको सुरुवाती चरण देखिनै अग्र स्थानमा रहेका छन् ।

उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशब स्थापितले १ हजार १८९ मत ल्याएका छन् । स्थापीतलाई पछ्याउँदै बाम गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ९९२ मत पाएकी छिन् ।

यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले मतान्तर ठूलो छ । उनले १७४३ मत पाएकी छिन् भने सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ मत ल्याएका छन् ।

विवेकशील साझाका उम्मेदवार कृति कंसाकरले ७६, राप्रपाका बिनिता मगैयाले ४१३ पाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.