खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी

  २०७९ जेठ १ गते ९:३२     विकासन्युज

सिमकोट । खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनले एक हजार आठ सय १० मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का ज्ञानबहादुर सिंहले एक हजार ८७२ मत विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याएका थिए ।

यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । कांग्रेस–माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा कांग्रेसका रङ्गमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा कांग्रेसका भरतजङ्ग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.