पेट्रोलको मूल्य प्रतिलिटर १७० पुग्यो, यस्तो नयाँ मूल्यसूची

  २०७९ वैशाख ३१ गते २०:१७     विकासन्युज

काठमाडौं । पट्रोल र डिजेलको मूल्य १० रुपैयाँले बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले बढाएको हो ।

मूल्य बढेसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमले जनाएकाे छ ।

स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।

One comment on "पेट्रोलको मूल्य प्रतिलिटर १७० पुग्यो, यस्तो नयाँ मूल्यसूची"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.