मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका गुरुङ निर्वाचित

  २०७९ वैशाख ३१ गते १४:४०     विकासन्युज

काठमाडाैं । मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन्। धनबहादुरले नेकपा एमालेका मनबहादुरलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

धनबहादुरले ८ सय २० मत प्राप्त गर्दा मनबहादुरले जम्मा ६ सय ९६ मत प्राप्त गरे। मनबहादुर यसअघि नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।

उपाध्यक्षमा भने माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मत पाउँदै विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.