२०७९ वैशाख ३१ गते १२:४८ विकासन्युज
कैलाली । धनगढीमा पनि मत गणना सुरू भएकाे छ । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको हाे । सर्वदलीय बैठकपछि १२ बजेदेखि मतगणना सुरु भएको हो ।
सुरुमा उपमहानगरपालिकाको वडानम्बर १ बाट मत गणना सुरु गरिएको हो । धनगढीमा नेपाली गठबन्धनबाट नेपाली काँग्रेसका नेपा नृप बहादुर वड, एमालेबाट रण बहादुर चन्द र स्वतन्त्रबाट गाेपाल हमालेकाे उम्मेदवारी छ । यी तीन जनाबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.