स्थानीय निर्वाचन : यस कारण गरेनन् धेरैले मतदान

  २०७९ वैशाख ३१ गते १२:२३     विकासन्युज

काठमाडौं । बैशाख ३० गते शुक्रबार अधिकांश स्थानीत तहमा निर्वाचन सम्पन्न भएको छद्ध । निर्वाचन आयोगका अनुसार १८ स्थानीय तहको ४१ केन्द्रमा मतदान पुनः हुन लागेकाले कुल खसेको मतको स्पष्ट आकार आउन बाँकी रहेपनि अधिकांश ठाउँमा मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । शुक्रवार साँझ निर्वाचन आयोगले झण्डै ६४ प्रतिशतले मत खसालेको जनाएको थियो ।

तर, निर्वाचन आयोगका एकजना पूर्वसचिवले त्यसको कारण गठबन्धन हुँदा त्यसलाई नरुचाउने ’कतिपय प्रतिबद्ध मतदाता’ भोट नहालेको एवं पछिल्ला पाँच वर्षमा राजनीतिक उत्साहमा समेत कम आएको हुनसक्ने ठान्छन्् । यसअघिको चुनावमा ७४.१६ प्रतिशत मत खसेको थियो ।

किन कम खस्यो ?

एक चरणमा निर्वाचन गर्नुपर्दा आयोगले ’अलिकति चाहेजस्तो सुरक्षा व्यवस्था बन्दोबस्त हुन नसकेको हो कि’ भन्ने आफूहरूलाई लागेको प्रमुख आयुक्त थपलियाले बताए । अघिल्लो चुनाव वैशाख, असार र असोजमा गरेर तिन चरणमा भएको थियो।

अघिल्लो चुनावमा १ करोड ४० लाख ७४ हजार ४२४ जना योग्य मतदाता रहेकामा अहिले एक करोड ७७ लाख ३३ हजार ७२३ मतदान थिए ।

वैदेशिक रोजगारी, सरकारी काम वा व्यवसायका कारण आफ्नो मतदान केन्द्रभन्दा बाहिर रहनुलाई कम मत खस्नुको एउटा स्वभाविक कारण मानिएको छ ।

“लोकतान्त्रिक पद्धतिमा मतदाताहरू सुरुसुरुका वर्षमा एकदमै उत्साहित हुने र त्यसपछिका वर्षमा कम हुँदै जाने प्रवृत्ति पनि देखिन्छ,“ आयोगका एकजना पूर्वसचिव शारदाप्रसाद त्रितालले भने ।

‘२०७४ सालमा नयाँ संविधान बनेपछि पहिलो स्थानीय निर्वाचन थियो, त्यसै वर्ष सबै खाले निर्वाचन पनि भएका थिए, त्यतिखेर मानिसलाई जति उत्साह थियो यस पाँच वर्षका कामले गर्दा त्यो उत्साह केही घटेको पनि हुनसक्छ ।’

‘राम्रो संकेत होइन’

प्रमुख निर्वाचन आयुक्तले खासगरी धेरै मतदाता भएका काठमाण्डू महानगर जस्ता ठाउँमा आधाजसो मतदाता भोट हाल्न नजानुलाई चिन्ताको विषय औँल्याए ।

‘शान्तिपूर्ण अवस्था, मतदान केन्द्रहरूमा स्पष्ट पहुँच र सबै सुविधा हुँदा हुँदै पनि’ त्यसरी कम मत खस्नुको कारण पहिल्याउने काम बाँकी रहेको उनले बताएका थिए।

तर, आयोगका पूर्वसचिव त्रितालका अनुसार ’यो राम्रो सङ्केत नभए पनि’ त्यसको लागि व्यवस्थाहरू कडा नबनाइने हकमा पश्चिमा विकसित देशकै शैलीमा कम मत खस्ने क्रम देखिन थालेको बताउँछन् ।

‘कि त अस्ट्रेलियामा जस्तो अनिवार्य मतदान गर्ने व्यवस्था गर्नुप¥यो, होइन भने राजनीतिक दलहरूप्रतिको दिक्कदारीले पश्चिमा सिकोझैँ मतदाताको निष्क्रियता देखिन थालेको पनि हुनसक्छ ।’ बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.