संखुवासभामा मतदानपछि बम विस्फोट

  २०७९ वैशाख ३० गते १९:०३     विकासन्युज

संखुवासभा । चैनपुरस्थित एक मतदान केन्द्रनजिकै अपराह्न बम विस्फोट भएको छ ।

चैनपुर–४ स्थित बालज्योति आधारभूत विद्यालयमा मतदान सम्पन्न हुनासाथ बम विस्फोट भएको प्रहरीले जनाएकव छ । प्रहरीका अनुसार मतदान केन्द्र स्कुलभन्दा करिब २० मिटर टाढा विस्फोट भएको हो ।

अहिले घटनास्थलमा पुगेर नेपाली सेनाको टोलीले यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.