नबिलमा एनबी बैंकलाई गाभ्ने योजनामा धक्का, प्रक्रिया अगाडि नबढाउन सर्वोच्चको आदेश

  २०७९ वैशाख २९ गते २०:४६     विकासन्युज

काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने प्रक्रियामा धक्का लागेको छ । सर्बोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै एक्विजिसनको प्रक्रिया अगाडि नबढाउन भनेसँगै एनबीलाई गाभ्ने नबिलको याेजनामा धक्का लागेको हो ।

सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले साे अल्पकालीन आदेश जारी गरेको हो ।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएकाे हाे ।

एनबी बैंकका सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले एक्विजेशन प्रक्रिया भाँड्नको लागि सर्बोच्च अदालतमा मद्दा दायर गरेका थिए ।

जेठ ३ गते अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन बोलाएको छ । सर्वोच्च अदालतले जेठ ३ गते राष्ट्र बैंकलाई पनि बोलाएको छ । नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् ।

उता सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले पनि आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गरेका छन् ।  मुद्दामा अदालतले प्रमाण मिसिल झिकाउन आदेश दिएको थियाे । गत पुस २१ गते दुगड समुहबाट पाटन उच्च अदालतमा बंगलादेशको आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर दुईवटा रिट परेको थियो ।

रिट निवेदकले चौधरीसँगको सेयर खरिद विक्रीको सम्झौता खारेज गरी आफूहरुसँग भएको सम्झौता अनुसार सेयर खरिद विक्री हुनुपर्ने माग गरेका छन् । नेपाल बंगलादेश (एनबी) बैंकको संस्थापक सेयर खरिद प्रक्रिया विवादमा परेको छ ।

आईएफआईसीले विक्री गर्न लागेको एनबी बैंकको ४२ प्रतिशत संस्थापक सेयर खरिद गर्न चाहेका नेपाली व्यवसायिक घराना कानुनी लडाइमा जुटेका हुन् । नबिल बैंकमा एनबीलाई गाभ्ने याेजनामा एकपछि अर्काे धक्का लागिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.