एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा

  २०७९ वैशाख २९ गते १७:१०     विकासन्युज

काठमाडौं । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् ।

विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देशबाहेकका सय जनालाई यो सूचीमा समावेश गरिन्छ ।

ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ, कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेष्ट अफ वर्ल्डको सम्पादकीय टिमले जनाएको छ ।

‘रेष्ट अफ वर्ल्ड’ को सूचीमा विश्वव्यापी रूपमा आधारित रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ । टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ ।

‘रेष्ट अफ वल्र्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ताहरू, उदीयमान उद्यमीहरू र खुला एवं समतामुलक भविष्यका लागि काम गर्ने व्यक्तिहरूलाई समावेश गरिन्छ ।

यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भइसकेका छन् भने अमेरिकी राज्य विभागले इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट २०१६ मा नेपालबाट चयन पनि भइसकेका छन् ।

रेष्ट अफ वर्ल्ड एक अन्तर्राष्ट्रिय पत्रकारिता गर्ने संस्था हो, जुन पश्चिमी क्षेत्रभन्दा बाहिर अर्थात् अमेरिका र पश्चिमी युरोपबाहिर प्रविधि क्षेत्रमा भएका नवीन समाचार तथा समाचारमुलक कथाहरू समेटेर प्रकाशन गर्न समर्पित छ । यसमा कम्पनी, संस्थापकहरु, राजनीतिज्ञलगायतका स्टोरी, प्रोफाइल तथा समाचारमुलक लेखहरू प्रकाशित हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.