‍चेक बाउन्स गर्ने नयाँ बानेश्वरका अधिकारी पक्राउ, साढे १७ लाख जरिवाना तिर्नुपर्ने

  २०७९ वैशाख २९ गते १६:०१     विकासन्युज

काठमाडौं । पैसा नभएको स्ट्याण्डर्ड बैंकको चेक काट्ने रामहरि अधिकारी पक्राउ परेका छन् । हाल नयाँ बानेश्वर बस्दै आएका मकवानपुरका अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पर्याप्त मौज्दात रकम नभएको बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अधिकारीलाई उच्च अदालत पाटनले बैशाख ४ गते बैंकिङ कसुरको सजाय तोकेको थियो ।

उनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३ दिन कैद र १७ लाख ४२ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । तर, उनी त्यसयता फरार रहँदै आएका थिए । यससँगै उनले अब १७ लाख ४२ हजार रुपैयाँ जरिवाना तिर्नपर्नेछ र भने उसलाई ५ दिन जेलमा राखिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.