आईकाओले दियो गौतमबुद्धलाई अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता

  २०७९ वैशाख २९ गते १३:४१     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रमाणीकरण दिएको छ ।

गत फागुनमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न भएको सो विमानस्थललाई आईकाओले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता दिएको हो ।

आइकाओले मे ११ तारिख अर्थात बुधबार अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण पत्र दिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जेठ २ गतेदेखि सो विमानस्थलमा व्यवसायिक उडानको तयारी थालेको छ ।

क्यालिब्रेस उडानको सफलतासँगै बैशाख १५ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत विमानस्थलमा डेमो उडानसमेत भएको थियो । उक्त विमानस्थलमा बुधबार मात्रै भारती वायुसेनाको जहाजले अवतरण गरेको थियो ।

जेठ २ गतेदेखि जजिरा एयरले नियमित उडान गर्ने घोषणा नै गरिसकेको छ ।

विमानस्थलबाट अब बोइङ ७७७, एयरबस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्ने क्यानले जनाएको छ । जेठ २ गते विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू भएपछि सुरूमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने प्राधिकरणले लक्ष्य लिएको छ ।

विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि एकसाथ प्रतिघण्टा करिब ४ सय ५० जना यात्रुले सेवा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.