हिमालयन बैंकले आइतबार र शनिबार पनि सेवा दिने

  २०७९ वैशाख २९ गते १२:१५     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले आइतबार र शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार र शनिबार बैंक बन्द हुने निर्णय गरे पनि हिमालयन बैंकले भने ती दुवै दिन सेवा दिने सूचना सार्वजनिक गरेको हो ।

बैंकले समय सीमा निर्धारण गरेर विभिन्न शाखाहरु खुल्ने जनाएको हो । बैंकले ठमेल, पाटन, न्यूरोड, महाराजगंज भक्तपूर, भैरहवा, बुटवल, पोखरा, नेपालगञ्ज, भरतपुर र धनगढी लगायतका शाखा खुल्ने जनाएको हो ।

यी विभिन्न शाखा खुल्ने समय पनि बैंकले निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.