बिहीबार ८०० रुपैयाँले बढ्याे सुनकाे मूल्य

  २०७९ वैशाख २९ गते ११:५७     विकासन्युज

dकाठमाडौं । बिहीबार ८०० रुपैयाँले छापावाल सुनको मूल्य बढेको छ । हिजो तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर ९७ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको मूल्य आज तोलाको ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै महासंघको अनुसार चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलाको एक हजार २५० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.