यामाहाको रेजेडआर १२५ एफआइ स्मार्ट कनेक्ट फिचरसहित बजारमा

  २०७९ वैशाख २९ गते १०:३२     विकासन्युज

काठमाडौं । यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डमा आयोजना गरेकाे ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो ।

यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रेजेड आर-१२५ अब स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले बताएको छ ।

‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलो पटक सार्वजनिक गरेको थियो ।

कम्पनीको अनुसार रेजेड आर सामान्यतः प्रति लिटर ५८ किलोमिटर माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर हो जसले न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३ हजार रुपैयाँसम्म चालकलाई बचत गर्न मद्दत पुर्याउने कम्पनीको ठहर छ । उक्त स्कुटरको उच्चतम फ्यूल इफिसिएंसी लिखितमा मात्र दाबी नगरी कम्पनीले नियमित रूपमा र्याली आयोजना गर्ने गरेको बताएको छ ।

स्मार्ट ‘कनेक्ट-एक्स’ फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले गुगल प्ले स्टोर र एप्पल” को फोन प्रयोग गर्ने चालकले एप्पलको एप स्टोर मार्फत यामाहाको ‘कनेक्ट-एक्स’ एप डाउनलाेड गरी उक्त एपमार्फत आफ्नो मोबाइलफोन स्कुटरमा कनेक्ट गर्न सक्नेछन् । कम्पनीका अनुसार ‘कनेक्ट-एक्स’ एक्टिभेट गरेपछि चालकहरूले निम्न पाँच सुविधाहरू प्राप्त गर्न सक्नेछन् –

– ‘लोकेट माइ भिएकल’ मार्फत् चालकले सहजै आफ्नो स्कुटर ‘लोकेट’ गर्न सक्नेछन् ।
– ‘हजार्ड’ फिचरमार्फत् आकस्मिक अव्स्थाको बेला स्कुटरको चारै वटा इन्डिकेटरहरू बाली अन्य चालकहरूलाई सूचित गर्न सक्नेछन् ।
– ‘राइडिङ हिस्ट्री’ मार्फत् स्कुटरसँग गरिएको प्रत्येक यात्राको विवरण हेर्न सक्नेछन् ।
– ‘पार्किङ रेकर्ड’ मार्फत स्कुटर पार्क गरिएको स्थान सहजै पत्ता लगाउन सक्नेछन् ।
– स्कुटर लोकेट गर्न नसकिएको अव्स्थामा ‘एन्सर ब्याक’ फिचर सेलेक्ट गर्दा स्कुटरको ‘इन्डिकेटर’ र ‘हर्न’ क्रमशः बल्ने र बज्ने भएकोले स्कुटर सजिलै ‘लोकेट’ गर्न सक्नेछन् ।

गत वर्ष बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको यस अल न्यू रेजेड आर १२५ फ्युल-इन्जेक्टेड र भारत स्टायाण्डर्ड ०६, एयर-कूल्ड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको स्कुटर हो । जसले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९।७ एनएम टर्क जेनेरेट गर्छ ।

यस स्कुटर ‘कनेक्ट-एक्स’ फिचरपश्चात पनि पहिलेकै मूल्यमा उपलब्ध रहेको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.