लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र जारी गर्ने

  २०७९ वैशाख २८ गते १४:५८     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले एक अर्ब रकम बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न भएको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष र ब्याजदर ११ प्रतिशत रहेको छ ।

ऋणपत्र जारी गर्न बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले  हस्ताक्षर गरेका छन् ।

लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.