सगरमाथा इन्स्योरेन्सको लाभांश पारित, दावी भुक्तानी र व्यवसायसँगै अधिकांश सूचक सकारात्मक

  २०७९ वैशाख २८ गते १३:४५     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । चैत २८ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले इन्स्योरेन्सको लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै इन्स्योरेन्सका सेयरधनीहरुले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर समायोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७४/७८ मा १६.०५ प्रतिशतले व्यवसाय वद्धि गर्दै २ अर्ब ६१ करोड रुपैयाँ बराबर बीमाशुल्क आर्जन गरेको छ । एनएफआरएस अनुसार ४४ करोड ७४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आर्थिक वर्ष २०७८/०७९ को चैत मसान्तसम्ममा १०.८६ प्रतिशतले कूल दावी भुक्तानी भएको सीईओ चंकी क्षेत्रीले बताए । जुन रकमका आधारमा १ अर्ब १६ करोड रुपैयाँ हो ।

त्यसैगरी, सो अवधिमा कम्पनीको व्यवसाय २१.९७ प्रतिशतले वृद्धि भई २ अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेको छ ।

साथै, सभाले कम्पनीको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र सोसंग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु पारित गरेको छ । अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भएको उक्त सभा चैत २८ गते काठमाडौंको लैनचौरस्थित निचौर व्यांकेटमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.