रिभर फल्सको आइपीओ खुला

  २०७९ वैशाख २८ गते १२:३०     विकासन्युज

काठमाडौं । बुधबारदेखि रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरमा २७ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि दरखास्त आह्वान गरेकोे हो ।

कम्पनीले कूल २७ लाख ३० हजार कित्ता सेयरमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी २५ लाख ३८ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गर्ने शेयरमा सर्वसाधारणले छिटोमा आगामी जेठ ४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा माग बमोजिम आवेदन नआए आगामी जेठ ११ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । आयोजनाको अनुमानित प्रति मे।वा लागत १८ करोड ६ लाख १५ हजार रहने जनाइएको छ ।

कम्पनीलाई केयर रेटिङ्ग संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.