पैसा नभएको बैंकको चेक काट्ने टोखाका खड्की पक्राउ, १० लाख जरिवाना तिर्नुपर्ने

  २०७९ वैशाख २८ गते १२:१४     विकासन्युज

काठमाडौं । पैसा नभएको प्रभु बैंकको चेक काट्ने रामराज खड्गी पक्राउ परेका छन् । टोखा नगरपालिका वडा नं. १२ मा बस्ने २७ वर्षिय खड्गीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पर्याप्त मौज्दात रकम नभएको बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै खड्गीलाई उच्च अदालत पाटनले गत चैत २५ गते बैंकिङ कसुरको सजाय तोकेको थियो ।

उनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । तर, उनी त्यसयता फरार रहँदै आएका थिए । यससँगै उनले अब १० लाख रुपैयाँ जरिवाना तिर्नपर्नेछ र भने उसलाई ३ दिन जेलमा राखिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.