होण्डाको अफर : एक लाखसम्मको क्यासब्याक, ७ लाख रुपैयाँ जित्ने मौका

  २०७९ वैशाख २८ गते ११:५४     विकासन्युज

काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक उपहार योजना लिएर आएको छ ।

यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत १ लाखसम्मको क्यासब्याक प्राप्त गर्न सकिने छ ।

यसका साथै योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरि सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्र मार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन पाउनेछन् । यति मात्र नभएर बम्पर लक्की ड्र मार्फत एक जना ग्राहकले नगद ७ लाख रुपैयाँ नगद उपहार पाउनेछ ।

स्याकार ईन्भेष्टमेन्ट मार्फत हुने १ प्रतिशत इएमआइ पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ । कम्पनीकाे अनुसार याे योजना बैशाख २५ गते देखि जेठ १७ गतेसम्म नेपाल अधिराज्यभर लागू हुनेछ ।

यस योजनामा नेपाल अधिराज्यभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने कम्पनीले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.