बुधबार एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

  २०७९ वैशाख २८ गते ११:२४     विकासन्युज

काठमाडौं । बुधबार एक हजार रुपैयाँले छापावाल सुनको मूल्य घटेको छ । हिजो तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर ९७ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको मूल्य आज तोलाको ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै महासंघको अनुसार चाँदीको मूल्य ३० रुपैयाँले घटेर तोलाको एक हजार २४५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.