शिखर इन्स्योरेन्सको दुई दिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न

  २०७९ वैशाख २८ गते १०:२०     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सले ई-फार्मेसीको सहकार्यमा दुई दिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरुको लागि निःशुल्क दुई दिने स्वास्थ्य जाँच शिविर कार्यक्रम सम्पन्न गरेको हो ।

शिविरमा ब्लड प्रेसर, ब्लड सुगर, शरीरको तापक्रम, पल्स रेट र अक्सिजनको स्तर आदिको जाँच गरिएको थियो । यसका साथै एक ई-फार्मेसीका पोषण विशेषज्ञले दैनिक आहार र स्वस्थ खाना जस्ता विषयहरूसँग सम्बन्धित जानकारी दिएका थिए ।

यो कार्यक्रम विशेष गरी कर्मचारीहरूको लागि आफ्नो दैनिक जीवनमा आउने साना स्वास्थ्य समस्याहरूको बारे ज्ञान प्राप्त गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

उक्त शिविरमा २०० भन्दा बढी कर्मचारीहरु सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.