पर्यटन बोर्डले वैशाख ३० गते काठमाडौंमा सटल बस सञ्चालन गर्ने

  २०७९ वैशाख २७ गते १८:३३     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थानीय तह निर्वाचनका दिन पर्यटकहरूको सहजताका लागि काठमाडौंमा सटल बस सेवा सञ्चालन गर्ने भएको छ । बोर्डले विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन गर्न लागेको हो।

नेपाल पर्यटक वाहन संघ र नेपाल पर्यटक बस संघसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवातजावतको लागि विभिन्न रुटहरूमा सःशुल्क सटल बस सेवा सञ्चालनको व्यवस्था गरेको बोर्डले जनाएको छ। यसका लागि ३ वटा रुट छुट्याएको छ।

सटल बस सेवावापत प्रति व्यक्ति तीन सय रूपैयाँ शुल्क लाग्ने पर्यटन बोर्डले जनाएको छ ।

यस्ताे छ रूट

रुट १

एअरपोर्ट-एनएसी-होटल अन्नपूर्ण-होटल याक एण्ड यति-ठमेल चोक-लैनचौर चोक-शंकर होटल -एम्बासडर होटल -एअरपोर्ट

रुट २
एअरपोर्ट-होटल र्याडिशन-सांग्रिला होटल-नारायण गोपाल चोक-महाराजगंज चोक-हायात रिजेन्सी-चाबहिल चोक-होटल द्वारिका-एअरपोर्ट

रुट ३
एअरपोर्ट- तीनकुने चोक-होटल एभरेष्ट-माइतिघर चोक-होटल हिमालयन-होटल सोल्टी-ग्रान्ड होटल -एअरपोर्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.