सारा नेपालको बिक्री प्रबन्धकमा एनआईसी एसिया

  २०७९ वैशाख २७ गते १७:२५     विकासन्युज

काठमाडौं । सारा नेपालले आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्न आइडिया टु आईपीओका लागि एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।

सम्झौताअनुसार सारा नेपाललाई संस्थागत परामर्श, सेयर रजिष्ट्रारको सेवासहित आईपीओ जारी गर्ने चरणमा पुर्‍याउन एनआईसी एशिया क्यापिटलले सहयोग गर्नेछ । निकट भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हुँदा दुई कम्पनीबीच सम्झौता भएको हो ।

सारा नेपालले डिपार्टमेन्टल स्टोर, जलविद्युत् परियोजना, यातायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्री, सञ्चार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवाहरूको निर्यात गर्नेलगायत कार्यहरू गरिहरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.