चुनावमा एनसेलको रिचार्ज गर्दा बोनस

  २०७९ वैशाख २७ गते १३:५४     विकासन्युज

काठमाडौं । एनसेलले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ ।

अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरूप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्नेछन् । यो अफर वैशाख २३ देखि ३० गतेसम्म चल्नेछ ।

जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमकोआधारमा बोनस डेटा पाउँछन् । एपमार्फत ५०देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् ।

१०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २००एमबी डेटा पाउँछन् ।त्यसैगरी २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ५००एमबी डेटा पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.