लगानी भित्र्याउन सहजीकरण गर्न अष्ट्रेलियाली राजदूत समक्ष आग्रह

  २०७९ वैशाख २६ गते १८:१०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अष्ट्रेलियाकालगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालकालागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ ।

नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचनाप्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको संभावना रहेकाले त्यस्ता क्षेत्रमा अष्ट्रेलियाकालगानीकर्ता आकर्षित गर्न पहलगरिदिन परिसंघले आग्रह गरेको हो । परिसंघले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्न पनि राजदूत भोल्कसमक्ष आग्रह गरेको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभावभएको भन्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गरे ।

‘नेपालमा स्वास्थ्य र शिक्षामालगानीकाअवसरहरू छन्,’ उनले भने । उनले नेपाल र अष्ट्रेलियाबिचको मैत्रिपूर्ण सम्बन्धलाई झनै मजुबद बनाउनका लागि संस्थागत रूपमा व्यावसायिक क्षेत्रहरूको पहिचान र पहलमा ध्यान दिन ुपर्ने बताए ।

कार्यक्रममा राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्यलाई विस्तारका लागिआफूले पहलगर्ने बताए । उनले अष्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनाहरूमा कामगरिरहेको भन्दै भावी दिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहलगर्ने पनि उल्लेख गरे ।

छलफलमा उपस्थित क्षेत्रगत विज्ञहरूले कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण, जलविद्युत विकासमा रहेका अवसर, नेपालमा अष्ट्रेलियाको विश्व विद्यालयको उपस्थितिसहित गुणस्तरीय शिक्षाको विस्तारमाजोड दिए ।

यसैगरी नेपालमा सञ्चालितव्यवसायिकतालिमहरुलाई अष्ट्रेलियामा समेत मान्यता गराउनका लागि आवश्यक नीतिगत सहजीकरण हुनुपर्नेमा उनीहरुको जोड छ ।

छलफलमा परिसंघका उपाध्यक्ष राजबहादुर शाह, शिक्षा परिषदका सभापतिद्विराजशर्मा, पर्यटन समिति सभापतिपम्फाधमला, कृषि परिषद सभापतिविकास दुगर, एफडिआई समिति सभापति साइबल घोस र परिसंघको एड्भाइजर्स काउन्सिलका सदस्य डा रामहरि लामिछाने एवं शिक्षा परिषदका सदस्यहरूको उपस्थिति थियो ।

अष्ट्रेलियाली दूतावासको तर्फबाट बरिष्ठ व्यापार तथालगानीकमिसनर डा. मोनिका केन्नेडी, रोशनपल, कन्सुलर ब्रेट गाल्ट स्मिथ र पोलिसी एड्भाइजर प्रिया राजाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.